शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापतिद्वारा अमेरिकी उच्च पदस्थ पदाधिकारीसँग भेटवार्ता

शुक्रबार, १७ असार २०७९, १५ : १३
शुक्रबार, १७ असार २०७९

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन् । शर्मा असार १३ देखि अमेरिकाको भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा शर्माले असार १६ अमेरिकाका जोइन्ट चिफ स्टाफ एडमाइरल क्रिस्टोफर डब्लु ग्रेडी,  दक्षिण र दक्षिणपूर्वी एसिया मामिला हेर्ने उपसहायक सचिव लिन्से डब्लु फर्डसँग भेटवार्ता गरेका छन् ।

 यस्तै अमेरिकी सेनाका आर्मी चिफ अफ स्टाफका जनरल जेम्स चार्लेससँग पनि शर्माले भेट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उक्त भेटघाटका क्रममा नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरुमा छलफल तथा विचार विमर्श भएको थियो । सेनाकाअनुसार असार १७ शर्मा र भ्रमणदलका सदस्यहरुले न्युयोर्कस्थित  संयुक्त राष्ट्रसंघको भ्रमण गरी त्यहाँका उच्च पदस्थ पदाधिकारीहरुसँग पनि भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप