बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेन युद्ध : रुसी मिसाइल आक्रमणमा ओडेसा क्षेत्रमा १८ जनाको मृत्यु

शुक्रबार, १७ असार २०७९, १५ : ०३
शुक्रबार, १७ असार २०७९

युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमणमा एक बालकसहित कम्तीमा १८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । राज्यको आपतकालीन सेवा डीएसएनएसले सेरहियिभका गाउँको नौ तले भवनमा एउटा मिसाइल प्रहार गर्दा १६ जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ । 

गाउँको मनोरञ्जन केन्द्रमा गरिएको छुट्टै आक्रमणमा बालकसहित थप दुई जनाको मृत्यु भएको छ । रुसले विगत केही दिनमा युक्रेनी शहरहरूमा दर्जनौं मिसाइलहरू प्रहार गरेको छ ।  डीएसएनएसले नौ तले भवनको भग्नावशेषमा अग्निनियन्त्रकहरूले बाँचेका हुनसक्ने मनिसको खोजी गरिरहेको फुटेज जारी गरेको छ । एक भिडियोमा एकजनाको शव झोलामा बोकेको पनि देखिएका छन् ।

ओडेसा क्षेत्रीय प्रशासनका प्रवक्ता सेर्ही ब्राचुकले कृष्ण सागरमाथिबाट रुसी लडाकु विमानले  मिसाइल प्रहार गरेको बताए । उनले रातभर गरिएको हमलामा सोभियतकालीन एक्स–२२ मिसाइलहरू प्रयोग भएको विश्वास गरिएको बताए । 

मस्कोले आक्रमणबारे अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी गरेको छैन । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप