शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँबाट कटहरिया हिँडेको बस धादिङमा दुर्घटना, ३१ घाइते

शुक्रबार, १७ असार २०७९, १४ : ५३
शुक्रबार, १७ असार २०७९

काठमाडौँबाट रौतहटको कटहरिया बजार आउँदै गरेको बस दुर्घटना हुँदा ३१ जना यात्रु घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको मां गीता डिलक्स रात्रि सेवा  बस आज बिहान करिब २ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ मा  दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा घाइते भएका ३१ जनामध्ये  गम्भीर अवस्थामा रहेका  सात जनालाई उपचारको लागि  काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको कटहरिया टिकट काउन्टरका ईन्चार्ज बसरुदिन अन्सारिले बताए ।  अन्य घाइतेको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट ग्रामीण बजार कटहरिया सम्म चल्ने उक्त बसमा अधिकांश यात्रु कटहरिया, देवाही गोनाही र मौलापुर नगरपालिकाको विभिन्न वडाको रहेको तथा घाइतेको नाम खुल्न नसकेको अन्सारीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप