बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा ८ अंकको गिरावट, १ अर्ब ४५ करोडको कारोबार

शुक्रबार, १७ असार २०७९, १४ : ३९
शुक्रबार, १७ असार २०७९

शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा नेप्से सूचक ८ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस दिन नेप्से सूचक ८.८७ अंकले घट्दै २ हजार २८.७७ अंकमा झरेको हो । 

अघिल्लो दिन यस्तो सूचक एकैदिन ७४ अंकमाथिले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको थियो । आज फाइनान्स र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् । 

८ अंक माथिले घटेको बजारमा आज १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप