बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

घण्टी नपाउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्हको खोजीमा

शुक्रबार, १७ असार २०७९, १४ : ३४
शुक्रबार, १७ असार २०७९

रवि लामिछानेको नेतृत्वमा घोषित राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव ‘घण्टी’को विकल्पबारे छलफल थालेको छ । स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले घण्टीको विकल्प सोचेको बताए । 

घण्टी चुनाव चिन्ह राष्ट्रवादी पार्टीका नाममा दर्ता भएको थियो । उक्त पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा गाभिएपछि घण्टी चुनाव चिन्ह अहिले फ्रिज हुने प्रक्रियामा छ । निर्वाचन आयोगले ‘घण्ट’ चिह्न फ्रिज गरेको १ वर्ष समय नपुगेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सम्भवाना न्यून छ  ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ७ को प्रावधानअनुसार ‘दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले १ वर्षसम्म कसैले पनि प्रयोग गर्न सक्ने छैन’ भन्ने व्यवस्था छ । यसबारे उनले भने, ‘ हामीले घण्टी चुनाव चिन्हको विकल्पमा पनि सोचिराखेका छौं । आयोगले घण्टीको विकल्पमा चुनाव चिन्ह पेस गर्ने भनेको अवस्थामा हामीसँग विकल्प छन् ।’ तर अहिले नै विकल्प यो हो भनेर सार्वजनिक गर्ने पक्षमा नरहेको बताए । 

प्रवक्ता ढकालले भने, ‘पहिला आयोगलाई निर्णय गर्न दिउ । हामीले प्रस्ताव गरेको चुनाव चिन्हबारे आयोगको निर्णय आउला । हामी त्यही अनुसार अगाडि बढ्ने सोचमा छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप