शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले तीन चरणमा विद्युतीय चुलो वितरण गर्ने

शुक्रबार, १७ असार २०७९, १४ : ३४
शुक्रबार, १७ असार २०७९

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले असार महिनाभित्र पिछडिएका क्षेत्रका करिब ७ हजार विद्यार्थीलाई  विद्युतीय चुलो वितरण गर्ने भएको छ । 

केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उठाएको माग यही महिना सम्बोधन भइ कार्यान्वयनमा जाने बताए । नेविसंघले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रमा आवश्यकता अनुसार सबै विद्यार्थीहरुलाइ जेठ ३१ गते ज्ञापन पत्र बुझाएको थियो ।

निर्देशक अधिकारी सहितका पदाधिकारीसँग शुक्रबार आफ्ना मागहरु विषयमा गम्भीर भएर गहन छलफल भएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पा बताए । दोस्रो चरणका रुपमा श्रावण महिनाबाट काठमाडौ उपत्यकाभित्र भाडामा बसेका सम्पूर्ण विद्यार्थीलाई चुलो वितरण गर्ने सहति भएको शेर्पाले बताए ।

तेस्रो चरणमा देशैभरि अभियानका रुपमा चुलो वितरण गर्ने दुवै पक्षबीच अनौपचारिक सहमति भएको र फेरि अर्को चरणमा छलफल गर्ने शेर्पाले बताए ।  शेर्पाका अनुसार उर्जा मन्त्रालय,अर्थ मन्त्रालय र प्रधानमन्त्रीसँग यथेष्ट बजेटका लागि पहल गर्ने सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप