सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशलाई बलियो नबनाएसम्म संघीयता बलियो हुँदैन : गुरुङ

शुक्रबार, १७ असार २०७९, १२ : २०
शुक्रबार, १७ असार २०७९

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रदेशलाई बलियो नबनाएसम्म संघीयता बलियो नहुने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै गुरुङले संविधान बनाउँदादेखि नै त्रुटी भएको बताउँदै प्रदेशलाई बलियो बनाउनतिर लाग्नु पर्ने बताए ।

‘हामीले संविधान बमोजिम कतिपय कानुन बनाएपनि कार्यन्वयन गर्न सकेका छैनौ । कतिपय कानुन बनाउनै सकिएको छैन’ रातोपाटीसँग कुरा गर्दै गुरुङले भने,‘प्रदेशलाई बलियो नबनाउँदासम्म संघीयता बलियो बनाउन सकिदैन । त्यसैले प्रदेशलाई अधिकार सम्पन्न बनाउँ ।’ प्रदेशलाई अधिकार सम्पन्न बनाउँदा नसक्दा आमसर्वसाधरणदेखि राजनीतिक नेतृत्वले प्रश्न उठाएको गुरुङले बताए । 

 ‘नेपालको संघीयता बनाउँदादेखि नै समस्या भएको छ । विश्वभर नै संघीयता प्रदेश र संघ दुई किसिमका देखिएका छन ।  स्थानीय तह प्रदेशको मातहतमा हुन्छन्’  गुरुङले भने,‘यहाँ समानन्तर रुपमा तीन तहको बनायो । स्थानीयलाई पनि सिधै संघले हेर्ने भयो । प्रदेशलाई भुमिकाविहीन बनाइयो ।’ प्रदेशलाई विशेषाधिकार सम्पन्न बनाउनु पर्ने भन्दै गुरुङले स्थानीय तहलाई प्रदेश मातहत राख्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप