शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अख्तियारको इन्स्पेक्टर हुँ’ भनेर रकम असुलेको आरोपमा ३ जना पक्राउ

शुक्रबार, १७ असार २०७९, १२ : ०७
शुक्रबार, १७ असार २०७९

अख्तियारको ‘इन्स्पेक्टर हुँ’ भनेर रकम असुलेको आरोपमा प्रहरीले महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ घर भएका ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका घर भएका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन छन् ।

महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग उनीहरूले अख्तियारमा कार्यरत ‘निरीक्षक हौँ’ भनेर असुल्ने गरेको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए ।

आरोपीहरूले सीमा क्षेत्रको एउटा पसलबाट २ हजार २ सय भारतिय रुपैयाँ असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकामा पैसा लिँदै गरेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल, बीओपी जलेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरुमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको एसपी पङ्गेनीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप