बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा २४ घण्टामा भेटिए १७ हजारभन्दा बढी कोरोनाका संक्रमित, २३ को मृत्यु

शुक्रबार, १७ असार २०७९, ११ : ३०
शुक्रबार, १७ असार २०७९

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन् । जबकी २३ बिरामीको मृत्यु भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । स्वास्थ्य विभागको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजार ७० नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा पाँच राज्यमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यी राज्यमा केरल ४,०८३ संक्रमितसहित पहिलो स्थानमा छ । त्यसपछि महाराष्ट्र (३,६४०), तमिलनाडु (२,०६९), पश्चिम बंगाल (१,४२४) र कर्नाटक (१,०४६) को नम्बर आउँछ ।

कोभिडका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म पाँच लाख २५ हजार १३९ ले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप