शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

शुक्रबार, १७ असार २०७९, ११ : ०२
शुक्रबार, १७ असार २०७९

प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकको संस्थापक सेयरधनी मध्येका एक पूर्णमान शाक्यले आफ्नो नाममा रहेको उक्त परिणामको सेयर बिक्री गर्न चाहेपछि बैंकले शुक्रबारदेखि बिक्री खुल्ला गरेको हो । 

इच्छुक संस्थापकले असार १७ गतेदेखि ३५ दिन भित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने प्रभु बैंकको प्रधान कार्यालय बबरमहलमा दिन सकिनेछ । तोकिएको अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा दोस्रो चरणमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
खरीदकर्ताले न्यूनतम एक हजार कित्ताका लागि न्यूनतम प्रतिसेयर १०० रुपैयाँदेखि प्रतिस्पर्धी मूल्यमा निवेदन दिन सक्नेछन् । प्रतिस्पर्धामा धेरै मूल्य कबुल गर्ने लगानीकर्ताले नै बैंकको सेयर पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप