शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार कसूरदार कारागार चलान

शुक्रबार, १७ असार २०७९, १० : ५३
शुक्रबार, १७ असार २०७९

बैंकिङ कसुर मुद्दामा १२ लाख २६ हजार जरिवाना र ७ दिन कैद तोकिएका अभियुक्तलाई प्रहरीले पर्साको बीरगञ्ज महानगरपालिकाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ घर भएका ४९ वर्षीय दशरथ ठाकुर हजाम छन् । 

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले असार १५ मा उनलाई छप्कैयाबाट पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराएको जिप्रका पर्साका प्रवक्ता (डिएसपी) प्रह्लाद कार्कीले रातोपाटीलाई बताए । अदालतको आदेशले उनलाई जिल्ला कारागार पर्सामा थुनामा पठाइएको छ । 

उच्च अदालत पाटन, हेटौंडा इजलासले ठकुरलाई कैद र सजाय हुने फैसला गरेको थियो । २०७६ असार ७ मा कपिलवस्तु घर भएका तिलकराम गुप्ताले संचालन गरेको मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रालिबाट चितवनको भरतपुरमा दशरथ ठाकुर हजामले संचालन गरेको गढीमाई सप्लायर्सले ४५ लाखको उधारो कारोबार गरेर भागेका थिए । उनविरुद्ध तिलकराम गुप्ताले प्रहरीमा जाहेरी दिएका हुन् ।   

जरिवाना तिर्न नसकेमा उनले १० वर्ष जेलमा बस्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप