बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा रिलिज हुने

शुक्रबार, १७ असार २०७९, १० : ५१
शुक्रबार, १७ असार २०७९

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार फिल्मका दुई पोस्टर सहित गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसानइन्टर नेशनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनौट समेत भएको फिल्म हो । 

बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको थियो । निर्देशक सुजितले यसअघि ‘सावित्री’ को लेखन तथा निर्देशन गरेका थिए । जुन १४ मिनेट अवधिको लघु फिल्म थियो । 

फिल्मले पहाडी जिल्लामा जन्मिएकी १३ वर्षीया किशोरीको सहरमा पढ्ने सपना बिषय बनाएको छ । सुजितले किशोरीको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथा तयार गरेका छन् ।  सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राजथापा, विशाल चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । 

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्म आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । फिल्ममा अमर महर्जनको छायाङ्कन, किरण श्रेष्ठको सम्पादन, पुष्पासँंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप