पहिरोले जाजरकोट–डोल्पा सडक अवरुद्ध
जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । पहिरोका कारण नलगाड नगरपालिका–८ मालुवामा सडक अवरुद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयबासी समस्यामा परेका छन् । सडक खुलाउने काम सुरु गर्न लागिएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्दछ । नेपाली सेनाले निर्माण गरेको यो सडक अहिले स्तरोन्नति भइरहेको छ ।
मौसमको खराबीका कारण हवाई सेवा ठप्प भएर स्थलमार्ग मार्फत यात्रा गरिरहेका डोल्पाका यात्रुहरु बिहानैदेखि समस्यामा परेको त्रिपुरासुन्दरी नगरपालिकाका सुका डवल हिराचनले बताए । ‘पहिरो पन्छाउन बढी समय लाग्ने देखिन्छ,’ उनले भने । माथिबाट आएको ठूलो चट्टानले बाटो नै पुरेर भेरी नदीमा मिसाएका कारण मर्मतका लागि समय लाग्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?