शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

'नेपाल लोक स्टार-२' साउन अन्तिमबाट शुरु हुने

शुक्रबार, १७ असार २०७९, १० : २८
शुक्रबार, १७ असार २०७९

नेपालको मौलिक लोक, संगीतमा आधारित रियालिटी शो नेपाल लोक स्टार २ साउन अन्तिमबाट शुरु हुने भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ शुरु हुने जानकारी गराइएको हो ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ फरम्याट र शैलीमा दोस्रो सिजनको तयारी शुरु हुन लागेको हो । शो साउन अन्तिमबाट हरेक मंगलवार र बुधवार राति ८ बजेबाट प्रशारण हुनेछ ।

शोको निर्णायकमा लोकगायक कुमार बस्ने, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा र लोक गायिका ज्योती मगर रहेका छन् । शोको सञ्चालन लोकगायक प्रकाश सपुतले गर्नेछन् । कार्यक्रममा  वरिष्ठ गायक कुमार बस्नेतले टिमवर्क मिलेर सकेसम्म राम्रो प्रतिभावान गायक, गायिका उत्पादन गर्ने बताए । 

कार्यक्रममा बोल्दै गायक रामजी खाँणले सिजन १ बाट लिएको अनुभवलाई सिजन २ मा नयाँ प्रतिभाहरूमा शेयर गर्ने बताए । त्यस्तै गायिका ज्योती मगरले निर्णायकमा आफ्नो शुरुवात भएको कारण केही डर लागेको बताइन् । तर यसलाई अवसरको रुपमा परिणत गरेर राम्रो भन्दा राम्रो प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उनले बताइन् ।

शोको डिजिटल अडिशन सम्पन्न भइसकेको छ  । विजेताले २० लाख रुपैयाँ नगद पाउने आयोजकले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप