मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री फेर्न दबाब दिँदै काँग्रेस र माओवादी, मन्त्रीहरु फिर्ता बोलाउने तयारी

शुक्रबार, १७ असार २०७९, ०९ : ५८
शुक्रबार, १७ असार २०७९

बागमती प्रदेशको मुख्यमन्त्री फेर्नका लागि सत्ता साझेदार दलहरुले दबाब बढाउन थालेका छन् । सत्ता साझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाबस्वरुप सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेका हुन् ।

बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले गर्दै आएका छन् । मुख्यमन्त्री पाण्डेले सहज रुपमा मुख्यमन्त्री फेर्न मार्ग प्रशस्त नगरे काँग्रेस र माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर दबाब बढाउने रणनीति अख्तियार गर्ने भएका छन् ।

काँग्रेस र माओवादीको संसदीय दलको बैठकमा यसबारे छलफल भइसकेको स्रोतले जनाएको छ । दुवै दल मुख्यमन्त्री फेर्नुपर्ने पक्षमा छन् । मुख्यमन्त्री पाण्डेले राजीनामा नदिएको अवस्थामा सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने गरी संसदीय दलमा छलफल भएको नेपाली काँग्रेसका एक प्रदेशसभा सदस्यले जनाए ।

यसबारे थप निर्णयको अधिकार संसदीय दलको नेतालाई दिइएको पनि उनले जानकारी दिए । प्रदेश सरकार परिवर्तनको चर्चा चलेसँगै मुख्यमन्त्री पाण्डेका अतिरिक्त काँग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ काठमाडौंमा शीर्ष नेताहरुसँग छलफलका लागि गएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप