
राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् ?

अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा यी दुईबीच भेट भएको हो ।
भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको चेतन सापकोटाले रातोपाटीलाई बताएका छन् । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।
भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको चेतन सापकोटाले जानकारी दिए ।
राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् र ? भन्ने रातोपाटीले सोधेको प्रश्नमा चेतनले आफूलाई यसबारे केही पनि थाहा नभएको बताए । यसबारे चेतनले भने, ‘म पाँच मिनेट जति मात्रै प्रचण्ड र राजेश हमालसँग भित्र बसेको थिएँ । त्यसपछि बाहिर गएँ । १५–२० मिनेट उहाँहरुले छुट्टै वार्ता गर्नुभएको थियो । त्यसैले मलाई यस विषयमा केही पनि थाहा भएन ।’
पछिल्लो समय राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेको चर्चा व्यापक थियो । यो भेटले उक्त चर्चालाई थप बल दिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ