
जाजरकोट र डोल्पालीको पीडा : मौसम खराबीका कारण हवाई सेवा ठप्प, सडकमा पहिरो

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ ।
बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्छ । नेपाली सेनाले निर्माण गरेको सो सडक स्तरोन्नतीको काम भइरहेको छ ।
मौसम खराबीका कारण हवाई सेवा ठप्प भएर स्थल मार्गमार्फत यात्रा गरिरहेका डोल्पाका यात्रु बिहानैदेखि बाटोमै थन्किएका छन् । ठूलो चट्टान खसेकाले बाटो नै पुरेर भेरी नदीमा मिसाएका कारण मर्मतका लागि समय लाग्ने स्थानीयले बताएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ