मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

छोटो समयमै हामी संगठन विस्तार गर्न सफल भयौं : कमल थापा

शुक्रबार, १७ असार २०७९, ०८ : २७
शुक्रबार, १७ असार २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो अवधिमै देशमा ७७ ओटै जिल्लामा पार्टीको संरचनाहरु खडा भइसकेको बताएका छन् । सातै प्रदेशमा पार्टी कमिटी गठन भएकोले निर्वाचनको तयारीमा जुटेन कुनै अफठ्यारो नरहेको अध्यक्ष थापाले बताए । 

सुर्खेतको वीरेन्द्र नगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आफ्नो पार्टीले बोकेको विचार र सिद्धान्त सहि भएको दाबी गरे । हालै हामीले सातै प्रदेशमा बुद्धिजीवी वर्ग र समाजका सचेत वर्गसँग अन्तक्रिया गर्यौ । सो क्रममा उहाँहरुले पार्टीको सिद्धान्त र विचार ठीक छ भन्ने प्रतिक्रिया दिनुभएको छ, थापाले भने । 

धरातलीय यथार्थलाई हेर्दा राजसंस्था पुनःस्थापनाको सम्भावना नरहेको भन्दै थापाले हिन्दु राष्ट्रको पुनःस्थापना, सुशासन र समृद्धि अव पार्टीको मुख्य एजेण्डा हुने बताए । 

कार्यकर्तामा देखिएको उत्साहले अहिलेको व्यवस्था देखिएको कमी कमजोरी हटाउन दवाव दिन पर्याप्त देखिएको थापाको भनाइ छ । उनले युद्ध स्तरमा पालिकाहरुमा संगठन विस्तार गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप