वन्यजन्तु पीडितलाई राहत
वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले रु चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७८÷०७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० वटा पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिए।
“प्रदेश सरकारको कार्यविधिअनुसार ३७ वटा खसी, बाख्रा र बोका, सात वटा पाठापाडी र छवटा बङ्गुरको राहत वितरण गरेका हौँ”, उनले भने, “३० जना कृषकले राहत पाउनुभएको छ ।” बाख्रा, खसी र बोकाको रु दश हजार, पाठापाडीको रु तीन हजार र बङ्गुरको रु छ हजार पाँच सय का दरले राहत वितरण गरिएको हो । चितुवाको आक्रमणबाट सबैभन्दा बढी क्षति बेहोर्ने कृषक मङ्गला गाउँपालिकाका छन् ।
वन्यजन्तु पीडित कृषकलाई राहतका अतिरिक्त मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका ब्रोसर वितरण र सचेतनामूलक गोष्ठी गरिएको छ । वन्यजन्तुको उपभोगका लागि दशवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए ।
“वन्यजन्तु पानी र आहराको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो”, उनले भने, “वनमै पानी र आहरा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले पोखरी बनाइएको हो ।”
प्रतिपोखरी निर्माणका लागि रु एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर रु ९६ हजारका दरले भुक्तानी गरिएको छ । बेनी नगरपालिका–९ को गलेश्वर ठुलो सल्लेरी, घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगङ्गा–२ को कृष्ण तालावनदी, मङ्गला–२ को सल्यान सल्लेरी, भदौरेपाखा, रघुगङ्गा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पधेरो देपुर्नेआटी, मङ्गला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण भएको हो ।
म्याग्दीको बेनी नगरपालिका–२ खबराको ठुलोगैरा सामुदायिक वनमा जिल्लामै पहिलोपटक पहिलोपटक औषधीय गुणयुक्त विजयसाल प्रजातिको वनस्पतिको ४० वटा बिरुवा रोपिएको छ । “विजयसाल लोपोन्मुख र संरक्षित वनस्पति हो”, निमित्त डिभिजन वन अधिकृत रानाभाटले भने, “परीक्षण र प्रवद्र्धन दुवै उद्देश्यले म्याग्दीमा विजयसाल भित्र्याइएको हो ।”
समुद्री सतहदेखि एक हजार मिटरको उचाइसम्म हुने विजयसालका लागि म्याग्दीको तल्लो क्षेत्रमा उपयुक्त हावापानी, मौसम र वातावरण भएकाले परीक्षण गरिएको वन डिभिजन प्रमुख रानाभाटले बताए । यसअघि म्याग्दीमा विजयसाल थिएन ।
उनका अनुसार विजयसालको भाडोमा राखेको पानी सेवन गर्नाले पेटसम्बन्धी रोग निको हुने तथ्य छ । विजयसालको काठको भाडामो एक रात राखेको पानी निलो रङको हुन्छ । सजावट र प्रयोग दुवै उद्देश्यले सुदूरपश्चिमको कञ्चनपुरमा विजयसालको जङ्गल छ । विजयसाललाई वनस्पतिसम्बन्धी अन्तर्राष्ट्रिय निकायले लोपोन्मुख र संरक्षित वनस्पतिको रुपमा सूचीकृत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा