शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विम्बल्डन टेनिस : नाडाल तेस्रो चरणमा प्रवेश

शुक्रबार, १७ असार २०७९, ०६ : ५४
शुक्रबार, १७ असार २०७९

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडालले तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

नाडालले रिकार्डसमाथि ६-४,६-४,४-६ र ६-३  को सेटमा जित निकाले ।  नाडालको यो ३ सय ७ औं ग्रान्डस्लाम जित हो । नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेक र सिमोना हालेपले समेत तेस्रो चरणमा स्थान बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप