बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीलाई दबाब दिन मन्त्री फिर्ता बोलाउने काँग्रेस र माओवादीको तयारी

शुक्रबार, १७ असार २०७९, ०६ : २०
शुक्रबार, १७ असार २०७९

बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरु भएको छ । यसका लागी दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन सुरु गरेका छन् । 

मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी केन्द्र र नेपाली काँग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरुबीच छलफल भएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप