आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच भर्चुअल संवाद

बिहीबार, १६ असार २०७९, २३ : ००
बिहीबार, १६ असार २०७९

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख लिउ जियानचाओ बीच बिहीबार भर्चुअल संवाद भएको छ । कुराकानीमा मन्त्री खड्काले सीपीसीलाई १०१ औँ स्थापना दिवसको शुभकामना दिनुका साथै नेपाललाई चीनले गरेको सहयोग गरेको प्रति धन्यवाद व्यक्त गरेका थिए । उनले नेपाली काँग्रेस असंलग्न परराष्ट्र नीतिमा अडिग रहने र कुनै पनि शक्तिलाई नेपाली भूमि चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

उता लिउले नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धको चर्चा गरेका थिए । केही समयअघि मात्र सोङ ता‌ओको स्थानमा विभागको नेतृत्व सम्हालेका लिउले नेपालका नेताहरूसँगको छलफल तीव्र बनाएका छन् । यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै कुराकानी गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप