आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पत्नी वियोगमा रहेका बिजुक्छेलाई भेटेर ओलीद्वारा समवेदना व्यक्त

बिहीबार, १६ असार २०७९, २२ : ०६
बिहीबार, १६ असार २०७९

पत्नी वियोगमा रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समवेदना व्यक्त गरेका छन् । एमाले अध्यक्ष ओली पत्नी राधिका, पार्टी उपाध्यक्ष सुवास नेम्वाङ तथा नेता कृष्णगोपाल श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठसँगै बिजुक्छे निवास पुगेर नेमकिपा अध्यक्ष बिजुक्छेको पत्नी शोभा प्रधानप्रति आज श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

क्यान्सर रोगको उपचारको क्रममा बिजुक्छे पत्नी शोभाको हालै निधन भएको थियो ।  भेटमा ओलीले नेपालमा जटिल रोगका औषधिको सहज उपलब्धता हुन नसक्नु दुःखद अवस्था रहेको बताए । क्यान्सर रोगको औषधि नेपालमा उपलब्ध पाउन कठिन रहेको र सरकारले कुनै पहल नगर्दा निःशुल्क पाउन सकिने औषधिबाट नेपाली बञ्चित हुन परेको बिजुक्छेले सो अवसरमा अध्यक्ष ओलीलाई जानकारी गराए । बिजुक्छेले आमनागरिकलाई विभिन्न खालका स्वास्थ्य शिविर सञ्चालन गरी प्रत्यक्ष रुपमा नेपालीलाई स्वास्थ्य सुविधा दिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप