बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कुटपिट मुद्दाका आरोपित १४ वर्षपछि पक्राउ

बिहीबार, १६ असार २०७९, २१ : ५३
बिहीबार, १६ असार २०७९

सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ५ बसविट्टी ४८ वर्षीय सिताराम चौधरी रहेका छन् । उनलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो ।

कुटपिट अंगभंग मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजको २०६५ जेठ १३ गतेको फैसलाले चौधरी दोषी ठहर गरेको थिए । 

साढे ७ दिन कैद र १ सय ७७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेको उनलाई गाउँमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । पक्राउ परेका चौधरीलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप