शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

बिहीबार, १६ असार २०७९, २१ : ४६
बिहीबार, १६ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा अध्यक्षद्वयबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको माओवादी केन्द्र निकट स्रोतले बताएको छ । पछिल्लो समय जसपाभित्र चुलिएको विवादका कारण पार्टी विभाजनको संघारमा पुगेको छ ।

पार्टीभित्र विवाद चर्किएका बेला अध्यक्ष भट्टराइले दाहालसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । पूर्व माओवादीहरूबीच एकताको प्रयास भैरहेका बेला प्रचण्ड र भट्टराईबीच उपराष्ट्रपति निवासमै यसअघि दुईपटक छलफल भैसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप