शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्टार्टअप वर्ल्डकप नेपाल– २०२२ असार २२ मा

बिहीबार, १६ असार २०७९, २१ : २६
बिहीबार, १६ असार २०७९

स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिस्पर्धा नेपालमा पहिलो पटक भौतिक रूपमा हुन लागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ । 

गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लकडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा अनलाइन गरिएको थियो । प्रतिस्पर्धाको फाइनलमा पुगेका विभिन्न १० उत्कृष्ट स्टार्टअपहरूले नेपालको फिनालेमा भाग लिन पाउने आयोजकले जनाएका छन् । फाइनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना क्यालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाइनलमा सहभागी हुन पाउने छन् । 

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । स्टार्टअप वर्ल्ड कपको नेपाल रिजनल कम्पिटिसनलाई सीईओ क्लब ग्लोबलले टाइटल स्पोन्सर गरेको छ भने एनआईसी एसिया बैंकले ईन्नोभेटिभ बैंकिङ पार्टनरका रूपमा  प्रायोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप