
‘आइएमई नेपाल लोकस्टार–२’ को प्रायोजकमा जगदम्बा सुपर साइन

नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालबीच बिहीबार आयोजित विशेष समारोह बीच सम्झौता हस्ताक्षर भएको हो ।
लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौँ प्रतिभाहरूले लोकस्टार सिजन २ को उपाधि जित्ने आकाङ्क्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका विभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरूको छनौट गरिने छ । केही दिनमै नयाँ सिजनको सुटिङ प्रारम्भ हुने र साउन महिनाको अन्त्यदेखि हरेक मंगलबार र बुधबार राती ८ बजे कार्यक्रम प्रसारण हुनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ