शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिकलसेल रोगको स्थायी समाधान गर्न लुम्बिनी सरकारले कार्यक्रम ल्याउँदै

बिहीबार, १६ असार २०७९, १९ : ०७
बिहीबार, १६ असार २०७९

लुम्बिनी प्रदेश सरकारले सिकलसेल रोगको स्थायी समाधान गर्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सिकलसेल रोगको निवारण गर्न दीर्घकालीन योजना ल्याउने जनाएको हो ।

थारु समुदायमा देखिने गरिएको सिकलसेल रोगलाई निवारण गर्न प्रदेश सरकारले  विशेष योजना बनाएको हो । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले बच्च जन्मिने बित्तिकै सिकलसेल भए नभएको परीक्षण गरिने बताए । उनले प्रदेशका ८ अस्पतालबाट सिकलसेल रोगको उपचारका लागि सिकलसेल परामर्श केन्द्र स्थापना गरिएको बताए ।

यस्तै निःशुल्क रक्त सञ्चार सेवा सञ्चालन सुरु भएको  उनले बताए । त्यसका लागि आगामी आर्थिक वर्षको लागि २ करोड बजेट विनियोजन गरिएको छ । उनले  प्रदेशभित्र चल्ने १२० एम्बुलेन्समा ट्रयाकिङ सिस्टम जडान गरिएको बताए । मन्त्रालयका सचिव डा। विकास देवकोटाले ४३ वटा निकायहरूबाट प्रदेशमा स्वास्थ्य सेवा प्रदान गर्दै बिरामी र मृत्युदरको सङ्ख्या घटाउनको लागि काम गरिरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप