आपतकालीन विपद् व्यवस्थापनका लागि तयारी अवस्था रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइलाई तयारी अवस्था रहन निर्देशन दिएको छ । मन्त्रालयले बिहिबार सूचना जारी गरी मनसुनजन्य प्राकृतिक विपद्हरुसँग हैजाजन्य रोगलगायत संक्रमण फैलन सक्ने भएकाले इकाइलाई तयारी अवस्था रहन निर्देशन दिएको हो ।
मन्त्रालयले खानेपानी प्रदूषण भई सरसफाईमा चुनौती थपिनुका साथै जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आफनो ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आग्रह गरेको छ । स्वास्थ्य संस्थाहरुलाई आवश्यक सूचना सङ्कलन तथा निगरानी गरी तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।
यस्तै, मन्त्रालयले मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी स्वास्थ्य संस्थामा पठाइएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विपद्का घटना महामारीलगायतका प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन, स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राख्न समन्वय गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने