मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालका कर्मचारी बोकेको बस बनेपामा दुर्घटना, १ जनाको मृत्यु

बिहीबार, १६ असार २०७९, १८ : २६
बिहीबार, १६ असार २०७९

काभ्रेको बनेपा नगरपालिका–११ मा बस दुर्घटना भएको छ । बाल अपांग अस्पताल बनेपाका कर्मचारी सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको काभ्रेका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा  भक्तपुरको लोकन्थली घर भएकी ५३ वर्षीया लेख कुमारी बस्नेत छिन् । अस्पतालका स्टाफ बोकेर ओरालो झर्ने क्रममा बा.१क ५७४७ नम्बरको बस सडकबाट ७ मिटर तल झरेर रुखमा अड्किएको छ । दुर्घटनामा   ३८ जना घाइते भएका छन् ।  

घाइतेहरुमध्ये २१ जनाको शिर मोमोरियलमा उपचार भइरहेको छ । भूमि अस्पतालमा ७ जना, धुलिखेल अस्पतालमा ८ जना र बाल अपांग अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप