नेपाल स्वस्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवस मनाइयो
नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औँ स्थापना दिवस मनाइएको छ । दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले ग्रामिण क्षेत्रमा स्वास्थ्यकर्मी जान नमान्दा दूरदराजमा सेवा प्रवाह गर्न समस्या भएको बताए । उनले आफूले यस्तो समस्या समाधानका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाए ।
‘हिमाल, पहाड, तराईमा किन कुनै पनि ठाँउमा स्वस्थ्य सेवा पुगेको छैन ? किनकि त्यहाँ कर्मचारी जान मान्दैनन्’, उनले भने, ‘ त्यसबारे राम्रोसँग अध्ययन गरेर सबै ठाँउमा कर्मचारी खटाउन प्रयास गर्छु ।’
कार्यक्रममा संघकी वरिष्ठ उपाध्यक्ष शोभा गौतमलगायतले पनि आफ्नो धारणा राखेका थिए । यसैगरी स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई मन्त्री खापुङले सम्मानित गरेका थिए । सम्मानित हुनेहरुमा संघका पूर्व उपाध्यक्ष डा केदार पराजुली, संयोजक हरि लम्साल, अध्यक्ष रामजी घिमिरे, महासचिव बसन्त अधिकारी, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ न्यौपाने लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा