पोखरामा चिनियाँ नागरिकले चलाएको कल सेन्टरबाट ४५ लाख बरामद
पोखरामा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । कल सेन्टरबाट साइबर अपराधका गतिविधि भइरहेको सूचनाको आधारमा छापा मारिएको कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई बताए ।
पोखरा महानगरपालिका–१७ स्थित बैदाममा चिनियाँ नागरिकले घर भाडामा लिएर चलाएको कल सेन्टरबाट प्रहरीले ४५ लाख नगद बरामद गरेको छ । कम्पनी सञ्चालक मध्येका ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । प्रहरीले सो कम्पनीमा कार्यरत ७० जना नेपाली कामदारलाई सोधपुछ गरिरहेको छ ।
साइबर अपराध अनुसन्धानमा जानकार टिमले त्यसबारे अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट चिनियाँ नागरिकले बिना दर्ता कम्पनी संचालन गरेको थाहा भएको छ । २०७७ पुस ७ मा प्रहरीले काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँलाई पक्रेर डिपोर्ट गरेको थियो । भक्तपुर र काठमाडौंमा कल सेन्टर चलाएको आरोपमा पनि प्रहरीले अपरेशन चलाएर चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ