शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई बजारीकरणको गर्ने

बिहीबार, १६ असार २०७९, १८ : ०१
बिहीबार, १६ असार २०७९

लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरा (रक्सी)को बजारीकरण गर्ने भएको छ । स्थानीय रक्सीलाई बजारीकरण गर्न सरकारले अनुसन्धान समेत सुरु गरेको हो ।

स्थानीय स्तरमा कोदो, मौवा, अनदी, कुरीलोबाट उत्पादन हुने रक्सीलाई कानुनी रुपमा वैधानिकता दिएर बजारीकरण गर्ने प्रदेश सरकारले संघिय सरकारसँग पहल गर्ने तयारी गरेको छ । प्रदेश सरकारको पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रालयले समुदायबाट उत्पादन हुने रक्सीको उत्पादन, प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्न अध्ययन थालेको छ । मन्त्रालयले विज्ञहरुसँग छलफल गरेर साउनदेखि रक्सीको काम सुरु गरिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बताएका छन् । मुख्यमन्त्री केसीले भदौदेखि प्रदेशका ४ स्थानबाट स्थानीय रक्सीको उत्पादन गर्ने योजना रहेको बताए । उनले मदिरा उत्पादनको विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरिने बताए ।

यस्तै पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय रक्सीलाई बजारीकरण गर्न सरकारले सवै प्रक्रिया आगाडि बढाइ सकेको बताए । प्रदेश सरकारले सुरुमा दाङ, रोल्पा, पाल्पा, रुकुमबाट उत्पादन गरेर बजारीकरण गर्ने जनाएको छ । मन्त्री चौधरीले उनले यसबाट रोजगारी, राजस्व संकलनमा वृद्धि हुने बताए । यस्तै प्रदेश सरकारले स्थानीय रक्सीलाई उत्पादन तथा बजारीकरण गर्न आगामी आर्थिक वर्षको बजेटमा २ करोड छुट्टाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप