राष्ट्रपतिसमक्ष भारतीय राजदूतले पेश गरे ओहोदाको प्रमाणपत्र, आजै प्रधानमन्त्रीसँग भेट
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार राष्ट्रपति भवनमा शितल निवासमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । एक समारोहमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात राजदूत श्रीवास्तवले आजै प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा वनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए। राजदूत श्रीवास्तवले हालै प्रधानमन्त्री शेर बहादुर देउवाबाट भएको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरेका थिए। साथै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
श्रीवास्तव नेपालका लागि भारतका २६ औं राजदूत हुन् । पूर्व राजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रुपमा नियुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण