शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘जोर मैना’ मा झल्कियो प्रदीप र रेणुको प्रेम

बिहीबार, १६ असार २०७९, १७ : २८
बिहीबार, १६ असार २०७९

फिल्म ‘प्रकाश’ को दोस्रो गीत ‘जोर मैना’ सार्वजनिक भएको छ । गीतको भिडियोमा प्रदीप खड्का र रेणु योगीको प्रेम देख्न सकिन्छ । दीपक शर्माको शब्द संगीत रहेको गीतमा ध्रुब बिस्कोको स्वर छ ।

गीतले वर्गीय विभेदको विषय प्रस्तुत गरेको छ । झट्ट सुन्दा प्रेम भावको सुनिए पनि यो गीतले वर्गीय विभेदकै विषय उठान गरेको छ । जुम्लाको परिवेशमा छायांकन भएको फिल्ममा प्रदीप र रेणुको अलवा दीया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।

दिनेश राउतको निर्देशन रहेको फिल्म बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको हो । विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप