शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘पछ्यौरी’ मा इन्दिराको बोल्ड अवतार

बिहीबार, १६ असार २०७९, १७ : ०९
बिहीबार, १६ असार २०७९

केही साता अगाडि विवाह बन्धनमा बाँधिएकी गायिका इन्दिरा जोशीले आफूले दर्शकको माया पहिले झै पाउने विश्वास व्यक्त गरेकी छन् । विवाहपछि पहिलो पटक बिहिबार सार्वजनिक कार्यक्रममा सहभागी भएकी उनले ‘पछ्यौरी’ बोलको नयाँ गीत समेत ल्याएकी छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा गीत भिडियोसहित सार्वजनिक गरिएको छ । कार्यक्रममा उनी रातो सारीमा सिउँदोमा सिन्दुर सजाएर सहभागी भएकी थिइन् । १२ वर्ष अगाडि ‘रातो घाँघर’ बोलको गीत ल्याएकी उनले यस पटक ‘पछ्यौरी’ बोलको गीत बनाएकी हुन् । उनकै शब्द तथा संगीत रहेको गीत लोकपप शैलीमा छ ।

गीतको भिडियोमा प्रविण सिंहको कोरियोग्राफी तथा निर्देशन छ । जसमा उनले इन्दिराले निराजन प्रधानसँग जोडी बाँधेकी छन् । भिडियोमा उनको बोल्ड रुप देख्न सकिन्छ । हरि हुमागाँइको छायांकन रहेको भिडियो प्रविण श्रेष्ठले  सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप