
राप्रपा नेपाल कर्णाली प्रदेश अध्यक्षमा श्रेष्ठ

राप्रपा नेपाल कर्णाली प्रदेशको अध्यक्षको जिम्मेवारी ईश्वर श्रेष्ठले पाएका छन् । सुर्खेतमा भएको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरिएको हो ।
पार्टीका अध्यक्ष कमल थापाले श्रेष्ठलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना दिएका छन् । जिम्मेवारी प्राप्त जोशी हाल केन्द्रीय सदस्यको भूमिकामा पनि छन् । उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि राजनीतिमा संलग्न थिए ।
प्रदेश अध्यक्षको जिम्मेवारी पाए पछि श्रेष्ठले कर्णाली प्रदेश भौगोलिक रुपमा दुर्गम भएता पनि त्यो चुनौतीलाई पार गर्दै राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ