नेप्सेमा सुधार : ७५ अंकले बढेर २ हजारमा उक्लियो

बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ७५ अंकमाथिको वृद्धि भएको छ । यस दिन परिसूचक ७४.९३ अंकले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको हो । केहीदिन यता निरन्तर उकालो लाग्न थालेको नेप्सेमा अघिल्लो दिन पनि ४१ अंकको सुधार भएको थियो ।
झण्डै ७५ अंकले बढेको बजारमा आज आधा दर्जनमाथिका कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ट्रेडिङ समूहको उपसूचक अधिकतम ७.३१ प्रतिशतले वृद्धि भएको छ भने फाइनान्स समूह ६.९८ प्रतिशतले र विकास बैंक समूह ६.१३ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, म्यानु एण्ड प्रो ५.१२ प्रतिशतले, अन्य समूह ५.९२ प्रतिशतले, होटल तथा पर्यटन ४.८८ प्रतिशतले, हाइड्रोपावर ४.८६ प्रतिशतले, माइक्रोफाइनान्स ४.८१ प्रतिशतले, निर्जीवन बीमा ४.७८ प्रतिशतले बढेको छ ।
इनभेष्टमेन्ट समूह र जीवन बीमा समूह क्रमशः ३.३९ प्रतिशतले र ३.०६ प्रतिशतले बढेको बजारमा आज बैंकिङ समूह २.२० प्रतिशतले र म्यचुअल फन्ड समूहको उपसूचक २.६७ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा