नेप्सेमा सुधार : ७५ अंकले बढेर २ हजारमा उक्लियो
बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ७५ अंकमाथिको वृद्धि भएको छ । यस दिन परिसूचक ७४.९३ अंकले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको हो । केहीदिन यता निरन्तर उकालो लाग्न थालेको नेप्सेमा अघिल्लो दिन पनि ४१ अंकको सुधार भएको थियो ।
झण्डै ७५ अंकले बढेको बजारमा आज आधा दर्जनमाथिका कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ट्रेडिङ समूहको उपसूचक अधिकतम ७.३१ प्रतिशतले वृद्धि भएको छ भने फाइनान्स समूह ६.९८ प्रतिशतले र विकास बैंक समूह ६.१३ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, म्यानु एण्ड प्रो ५.१२ प्रतिशतले, अन्य समूह ५.९२ प्रतिशतले, होटल तथा पर्यटन ४.८८ प्रतिशतले, हाइड्रोपावर ४.८६ प्रतिशतले, माइक्रोफाइनान्स ४.८१ प्रतिशतले, निर्जीवन बीमा ४.७८ प्रतिशतले बढेको छ ।
इनभेष्टमेन्ट समूह र जीवन बीमा समूह क्रमशः ३.३९ प्रतिशतले र ३.०६ प्रतिशतले बढेको बजारमा आज बैंकिङ समूह २.२० प्रतिशतले र म्यचुअल फन्ड समूहको उपसूचक २.६७ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण