बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
बिहीबार, १६ असार २०७९, १५ : १४
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको छ । बागमती प्रदेशसभाको बिहीबार (आज) बसेको बैठकमा सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरिएको हो ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ बजेटको ल्याएको छ ।
सरकारको आगामी आर्थिक वर्षको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेटमध्ये चालु तर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरणतर्फ ८ अर्ब रुपैयाँ र वित्तिय व्यवस्थापनतर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुर सिमरा–३ का वडाध्यक्ष कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
कांग्रेस संसदीय दलको बैठक सुरु
-
अनुसन्धान गर्ने विभागीय मन्त्रालयकै नेतृत्व गरेका रवि लामिछाने अन्यत्रबाट किन खोजिरहेका छन् ‘क्लिन चिट’ ?
-
लगातार ४९औँ खेलमा अपराजित रहँदै बायर लेभरकुजन युरोपा लिगको फाइनलमा
-
आमाबाबु बन्दै जस्टिन र हेली
-
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे