ओलीलाई गौतमले भने– ठुलो पार्टीको अध्यक्षको हैसियतले एकताको पहल लिनुस्
नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो पार्टी अध्यक्षको हैसियतले एकताको पहल लिन आग्रह गरेका छन् । तत्कालिन नेकपा जोड्ने अभियानमा लागेका गौतम पार्टी निर्णय भएपछि पहिलो पटक ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
‘तत्कालिन नेकपा विभाजन भएपछि सबैभन्दा ठुलो पार्टी अध्यक्ष तपाई नै हुनुहुन्छ । तपाईले नै वाम एकता जोड्न पहल गर्नुस् त्यसपछि मात्रै माहोल बन्दै जान्छ’ गौतमको सचिवालय स्रोतले भन्यो, ‘त्यसमा केपी कमरेडले खासै प्रक्रिया दिनुभएन । बरु विगतका कुरा गरेर फर्किनुभयो ।’ गौतमको प्रस्तावलाई ओलीले महत्वका साथ नलिएको बताएको छ । तत्कालिन नेकपा फुटाउन गौतम आफै सक्रिय भएकाले पुनः एकता गराउन जानुको कुनै अर्थ नभएको ओली निकट एक नेताले बताए ।
‘तत्कालिन नेकपा फुटाउन वामदेव कमरेड नै लाग्नुभयो । उहाँ खुलेर नलागेको भए यो अवस्था हुने थिएन’ ती नेताले भने, ‘अहिले आएर नेकपा जोड्छु भनेर कहाँ हुन्छ ? यो केही उपाय नलागेका कुरा हुन् ।’ गौतमले यसरी नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर वाम तालमेलसँगै एकता गर्न आग्रह गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण