ओलीलाई गौतमले भने– ठुलो पार्टीको अध्यक्षको हैसियतले एकताको पहल लिनुस्

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो पार्टी अध्यक्षको हैसियतले एकताको पहल लिन आग्रह गरेका छन् । तत्कालिन नेकपा जोड्ने अभियानमा लागेका गौतम पार्टी निर्णय भएपछि पहिलो पटक ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
‘तत्कालिन नेकपा विभाजन भएपछि सबैभन्दा ठुलो पार्टी अध्यक्ष तपाई नै हुनुहुन्छ । तपाईले नै वाम एकता जोड्न पहल गर्नुस् त्यसपछि मात्रै माहोल बन्दै जान्छ’ गौतमको सचिवालय स्रोतले भन्यो, ‘त्यसमा केपी कमरेडले खासै प्रक्रिया दिनुभएन । बरु विगतका कुरा गरेर फर्किनुभयो ।’ गौतमको प्रस्तावलाई ओलीले महत्वका साथ नलिएको बताएको छ । तत्कालिन नेकपा फुटाउन गौतम आफै सक्रिय भएकाले पुनः एकता गराउन जानुको कुनै अर्थ नभएको ओली निकट एक नेताले बताए ।
‘तत्कालिन नेकपा फुटाउन वामदेव कमरेड नै लाग्नुभयो । उहाँ खुलेर नलागेको भए यो अवस्था हुने थिएन’ ती नेताले भने, ‘अहिले आएर नेकपा जोड्छु भनेर कहाँ हुन्छ ? यो केही उपाय नलागेका कुरा हुन् ।’ गौतमले यसरी नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर वाम तालमेलसँगै एकता गर्न आग्रह गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी
-
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
-
मौसम पूर्वानुमान : छैन वर्षाको सम्भावना, तापक्रम बढ्दै जाने
-
नारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल