मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा असार मसान्तसम्म ३३ केभी प्रशारण लाइन पुग्ने

बिहीबार, १६ असार २०७९, १४ : ४७
बिहीबार, १६ असार २०७९

भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको डोल्पामा ३३ केभिए प्रशारण लाइन विद्युत पुर्याउनका लागि तीन ठाउँबाट काम सुरु भएको छ । 

असार मसान्तसम्ममा त्रिपुराकोटस्थित सबस्टेसनमा विद्युत पुर्याएर अन्य पालिकामा विद्युत वितरण तीव्रता दिन काम भइरहेको विद्युत प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ । रुकुम पश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सीमाना त्रिवेणी र मध्यडोल्पाको त्रिपुराकोटबाट एकसाथ प्रशारण लाइन निर्माण चलिरहेको छ । 

डोल्पामा तत्काल विद्युत पुर्याउन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले हरेक महिना प्रगति विवरण पेश गर्न र कामलाई तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिइरहेका छन् । बुधबार मात्रै पनि नेपाल विद्युत प्राधिकरण प्रदेशिक कार्यालयले ठूलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेसनबाट विद्युत लिन वाेलपत्र आह्वान गरेको छ ।

त्रिपुराकोट सवस्टेसनमा विद्युत पुग्न बित्तिकै पालिकामा विद्युत पुर्याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिएको हो । दुई वर्षदेखि डोल्पामा विद्युत पुर्याउने भन्दै ठेक्का लागे पनि ढिलासुस्तीका कारण पूरा हुन सकेको थिएन । कामलाई तीव्रता दिन व्यवहारमुखी गति हुनुपर्ने मन्त्री सिंहले बताए । डोल्पा सदरमुकाममा भरपर्दो विद्युत नहुँदा त्यहाँका कार्यालयमा काम गर्न समस्या हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप