
यती एयरलाइन्सको टिकट अब भाइबरबाट पनि लिन सकिने

यती एअरलाइन्सको हवाई टिकट अब सामाजिक सञ्जाल भाइबरबाट पनि लिन सकिने भएको छ । कम्पनीले डिजिटल प्रविधिलाई थप ग्राहकमैत्री बनाउँदै भाइबरबाटै सजिलै टिकट लिन सकिने सुविधा उपलब्ध गराएको हो ।
सो सुविधामा ग्राहकले भाइबरमा ‘पाँच वटा–१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने कम्पनीले जनाएको छ ।
‘भाइबर नेपालसँगको सहकार्यमा यात्रुहरुलाई सहज तरिकाले टिकट उपलब्ध गराउने उद्देश्यले ‘भर्चुअल सेल्स काउन्टर’ को व्यवस्था गरी यो सेवा २०७९ आषाढ १६ गतेबाट सुरु हुनेछ । हाम्रो भर्चुअल काउन्टर बिहान ७ः ०० बजेदेखि बेलुका ७ः ०० बजेसम्म १२ घण्टा खुल्ला रहने छ । उक्त समयभित्र यात्रुहरुले ‘पाँच वटा–१०’ भाइबर नम्बरमा मेसेज पठाई आफूलाई आवश्यक परेको टिकटको लागि अनुरोध गर्न सक्नुहुने छ । टिकटको भुक्तानी क्यूआर कोडमार्फत सजिलैसँग गरी टिकट लिन सकिने छ’ यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
यात्रुहरुलाई टिकट काट्न थप सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । हाल यती एअरलाइन्सको टिकट मोबाइल एप, वेबसाइट, सेल्स काउन्टर, ट्राभल एजेन्सी, ई–सेवा र खल्ती मार्फत् उपलब्ध छ भने अब यात्रुहरुले भाइबरमार्फत् पनि सजिलै टिकट लिन सक्नेछन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ