जुम्लाको पातारासी गाउँपालिका पूर्णखोप पालिका घोषणा
जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।
कोभिडका कारणले पूर्ण खोप पालिका घोषणा गर्न एक वर्षपछि धकेलिए पनि सबै सूचक पूरा गरेर पातारासीलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए । पूर्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको विशेष भूमिका रहेको थियो । जस अनुसार ७ वडा उत्कृष्ट तथा सातजना स्वयंसेविका र स्वास्थ्यकर्मीलाई नगदसहित सम्मान गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शिक्षा, स्वास्थ्यको हिसाबले दुर्गम मानिने पातारासी पूर्णखोप पालिका घोषणा हुनु गौरवको विषय भएको बताए । उनले भने, “यहाँका सबै बालबालिका रोगमुक्त र खोपयुक्त भएको सन्देश फैलिएको छ । अन्य पालिकाले पनि पूर्ण खोप अभियान चलाउन आवश्यक छ । स्वास्थ्यमा पातरासीले मारेको फड्को प्रशासनीय छ ।”
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले दिगो विकासको मुख्य सूचक मानिने पूर्ण खोप अभियानमा पातारासी सफल भएको बताए । बाटो खन्नु र भवन बनाउनु मात्र विकास नभइ पोषणदेखि पूर्ण खोपको पहुँचमा बालबालिका पुग्नुलाई पनि विकासको सूचक मानिने उनले उल्लेख गरे ।
विसं २०३० नेपालाई पूर्णखोप सुनिश्चिता घोषणा गर्ने सरकारको लक्ष्यमा पातारासीले इँटा थपेको छ । पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने, “दुर्गम मानिने पातारासीको स्वास्थ्य क्षेत्रलाई अब्बल र गुणस्तरीय बनाउन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिइने छ । पोषणस्थिति सुधारदेखि औषधि आपूर्ति र नियमित स्वास्थ्य जाँचको सवालमा पालिका नीतिगत ढङ्गले अघि बढ्ने छ ।”
प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले घोषणा गर्नुभन्दा ठूलो कुरा नभइ प्रभावकारी कार्यान्वयनमा उत्तिकै चुनौती रहेको बताए । विगत दुई वर्षको मेहनतले पूर्ण खोपपालिका घोषणा भएको र यसको कार्यान्वयनमा आम सरोकारवाले साथ दिनुपर्नेमा उनको जोड थियो । खोप बालबालिकाको नैसर्गिक अधिकारभित्र रहेको उल्लेख गर्दै पूर्ण खोपलाई सरकारले विशेष प्रथामिकता दिएको जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का