बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुस्मिता सेनकी बुहारीले लुकाइन् आफ्नो पहिलो विवाह ? भन्छिन्, ‘सम्बन्धविच्छेद चाहन्छु’

बिहीबार, १६ असार २०७९, १३ : ५८
बिहीबार, १६ असार २०७९

सुस्मिता सेनका भाइ राजिव सेन र उनकी श्रीमती चारु असोपाको वैवाहिक जीवन हाल मुश्किल अवस्थाबाट गुज्रिरहेको छ । विवाहको केही दिनपछि नै राजिव र चारुको सम्बन्धमा दरार आएको खबर विभिन्न भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका थिए । तर अब यो जोडीबीचको सम्बन्ध यतिसम्म बिग्रिसकेको छ कि उनीहरु सम्बन्धविच्छेद गर्ने स्थितिमा आइसकेका छन् ।

सम्बन्धविच्छेद चाहिन्छन् चारु

चारु असोपाले आफ्नो सम्बन्धबारे मुख खोल्दै आफूले श्रीमानलाई धेरै नै मौका दिइसकेको बताउँदै अब आपसी सहमतिमा सम्बन्धविच्छेद चाहेको बताएकी छिन् । यद्यपि, राजिव सेनले भने चारुले आफ्नो पहिलो विवाहको खबर आफूसँग लुकाएको भन्ने आरोप लगाएका छन् ।

चारु असोपाले दिल्ली टाइम्ससँगको कुराकानीमा आफ्नो विवाहबारे कुरा गर्दै भनिन्, ‘हाम्रो विवाहमा पछिल्लो तीन वर्षदेखि समस्या छ भन्ने कुरा धेरैलाई थाहा छ । हामीले विवाह गरेदेखि नै मैले उनलाई मौका दिएको हुँ । पहिला मैले आफ्नो लागि दिन्थेँ, त्यसपछि छोरीका लागि दिन थालेँ । तर मौका दिँदा दिँदै तीन वर्ष बितिसकेछ ।’

चारुले थपिन्, ‘राजिवलाई ट्रस्ट इस्युज छ । म अब यो कुरा सहन सक्दिनँ । मैले उनलाई साधारण नोटिस पठाएको थिएँ, जसमा आपसी सहमतिमा अलग हुने कुरा लेखिएको थियो किनभने अब हाम्रो विवाहमा केही पनि बाँकी छैन ।’

‘म आफ्नो बाटो अलग पार्न चाहन्छु किनभने म मेरी छोरी यति खतरनाक र हिंसात्मक माहौलमा हुर्कियोस् भन्ने चाहन्नँ । उनी थप्छिन्, ‘राजिवले मलाई छोरीको फोटो सोसल मिडियामा पोस्ट गर्न दिँदैनन् । यसो गर्दा जियानालाई ‘नजर’ लाग्छ रे ।’

के चारुले लुकाइन् पहिलो विवाहको कुरा ?

चारुले आरोप लगाउँदै भनिन्, ‘राजिवकी आमा र दिदीले पनि उनलाई यो कुरामा समर्थन गर्छन् । मेरो पहिलो विवाहबारे आफूलाई थाहा नभएको राजिवले बताउने गर्छन् जबकी उनलाई यो कुरा पहिले नै राम्रोसँग थाहा थियो ।’

यस्तै राजिव भन्छन्, ‘चारुको पहिलो विवाहबारे कसैलाई पनि थाहा थिएन । उनले आफ्नो विवाहको कुरा सबैसँग लुकाइन् । त्यसैले यसबारे थाहा पाउँदा मलाई अचम्म लाग्यो । यो उनको विगत थियो, मलाई राम्रोसँग थाहा छ तर उनले कम्तीमा मलाई यसबारे भन्नु पर्दथ्यो । म पूरा इज्जतका साथ उनलाई अपनाउथेँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप