कता जालान् धर्मेन्द्र–हेमन्त ?
नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपामा बस्न सक्ने अवस्था नभएपछि तत्कालीन सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले नेकपा बहुमत गठन गरेका छन् । पार्टीमा आफूहरूसँग बहुमत भएको भन्दै ‘बहुमत पार्टी’ गठन गरेका दुई नेता यतिबेला नेकपाबाट नेता कार्यकर्ता तान्ने ध्याउन्नमा लागेका छन् । अहिले तत्कालीन विप्लव समूह छोडेका नेता कार्यकर्तालाई धर्मेन्द्र र हेमन्तले आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन् ।
विप्लवबाट अलग भएपछि अब यो समूहको गन्तव्य कता त ? धेरैको प्रश्न यही छ । विप्लव समूह र धर्मेन्द्र–हेमन्त समूह भने एकले अर्कालाई ‘एक्लै रहन नसक्ने र कुनै पार्टीमा मिसिने’ दाबी गर्दै आलोचना गरिरहेका छन्। विप्लव समूहले हेमन्त–धर्मेन्द्र माओवादी केन्द्र जाने र धमेन्द्र–हेमन्तले विप्लव एमालेमा जाने दाबी गरेका छन् । तर अहिलेसम्म दुवै पक्ष कतै खुलेर लागेका छैनन् । धर्मेन्द्र–हेमन्त पक्षका नेताहरू कता जाने भन्नेमा स्पष्ट भइसकेका छैनन् । कतिपय नेताहरू मोहन वैद्यसँग मिलेरै जानुपर्ने पक्षमा छन् भने अर्को पक्षको प्रचण्डसँगै सहकार्य गरेर जानुपर्ने मत छ ।
त्यसैले आगामी प्रदेश र संघको चुनाव अघि नै धर्मेन्द्र र हेमन्त पक्ष पनि एक कित्तातिर लागि सक्ने आङ्कलन गरिएको छ । तर, नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले माओवादी केन्द्रसँग सहकार्य गर्ने गरी छलफल नभएको बताए । ‘हामीले प्रचण्ड कमरेडसहित प्रधानमन्त्री गृहमन्त्री लगायत अन्य पार्टीका शीर्ष नेताहरूलाई भेटघाट गरी राखेका छौँ,’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने, ‘तर हामीले अलगै मुद्दामा भेटघाट गरी राखेका छौँ । एकता वा सहकार्य हुने गरी कुनै छलफल भएको छैन ।’
प्रचण्डका स्वकीय सचिव रमेश मल्ल धर्मेन्द्र–हेमन्तपक्ष माओवादी केन्द्रसँग सकारात्मक भएको बताउँछन् । ‘धर्मेन्द्र र हेमन्तजीसँग राजनीतिक वैचारिक कार्यदिशामाथि छलफल भइराखेको छ । उहाँहरु विप्लव गलत दिशामा छन् भन्नेमा स्पष्ट हुनुहुन्छ’ रातोपाटीसँग कुरा गर्दै मल्लले भने,‘अरू पार्टी एकता गर्ने गरी ठोस छलफल निर्णय केही भएको छैन ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने विप्लव सहित धर्मेन्द्र–हेमन्तपक्ष ढिलोचाँडो माओवादी केन्द्रमै समाहित हुने दाबी गर्दै आएका छन् । बुधबार विप्लव समूह छोडेका ओम पुनसहित चार केन्द्रीय सदस्यहरूको पार्टी प्रवेश कार्यक्रममा पनि प्रचण्डले सबै माओवादी धाराहरू एक ठाउँमा आउने दाबी गरे । विभाजित हुँदा केही हुँदैन भन्नेमा सबै विश्वस्त भएकाले विभाजित माओवादी धारा एक ठाउँमा हुने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियालाई हराउन नेपालले १४० रन बनाउनुपर्ने
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण