बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फ्लोरमा फिल्म ‘आँखा’

बिहीबार, १६ असार २०७९, १३ : २३
बिहीबार, १६ असार २०७९

जोन योञ्जनको निर्देशन रहने फिल्म ‘आँखा’ को छायाङ्कन सुरु भएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा क्यामरा पूजा गर्दै आजबाट फिल्मको छायाङ्कन सुरु गरिएको हो । फिल्ममा निशा अधिकारी, लुनिभा तुलाधर, अस्मिता लामिछाने, विजय बराल, प्रवीण खतिवडा लगायत कलाकारको अभिनय रहनेछ । ‘१२ सत्ताईस’ र ‘म राजेश हमाल’ निर्देशन गरेका जोनको यो तेस्रो फिल्म हो ।

आलोक शुक्लाले छायाङ्कन रहने फिल्ममा संगीत दीपक आरजेले दिएका छन् । रेवन्तविक्रम थापाको द्वन्द्व रहने फिल्म सुवाससिंह ठकुरी प्रोडक्सन डिजाइनर छन् । २०८० मा प्रदर्शन लक्ष्य राखिएको फिल्मलाई आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको छ । ढाका टोपी फिल्मस्, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप