बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मंगलमा जीवन खोज्नका लागि सतहलाई ६.६ फिटसम्म खन्नुपर्ने

बिहीबार, १६ असार २०७९, १३ : ०६
बिहीबार, १६ असार २०७९

नासाको क्युरियोसिटी  र पर्सिवरेन्स रोवरले मंगल ग्रहको सतहमा प्राचिन जीवनको प्रमाण खोजिरहेका छन् । तर अहिले आएर के थाहा भएको छ भने यी प्रमाण पाउनका लागि सायद यहाँको सतकलाई केही गहिराइसम्म खन्नुपर्ने हुनसक्छ ।

यदि मंगल ग्रहमा जीवन थियो भने त्यतिबेला बाँकी भएको अमिनो एसिडको कुनै पनि प्रमाण, जमिनबाट कम्तीमा ६.६ फिट तल दबिएको हुनसक्छ । यस्तो हुनुको कारण के हो भने मंगलमा चम्बकीय क्षेत्र छैन र कमजोर वातावरणका कारण यसको सतहमा कस्मिक रेडिएसन पृथ्वीको तुलनामा निकै धेरै छ र कस्मिक रेडिएसनले अमिनो एसिडलाई नष्ट गर्ने गर्छ ।

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका भौतिक विज्ञानी अलेक्जेन्डर पेवलोवका अनुसार मंगल ग्रहको सतहमा चट्टान र रेगोलिथमा कस्मिक रेडिएसनले अमिनो एसिडलाई पहिला सोचेभन्दा निकै तीब्र गतिमा नष्ट गरिदिने तथ्य फेला परेको छ ।

मार्स एक्सप्लोरेशनका लागि कस्मिक रेडिएशन एउटा निकै ठूलो समस्या हो । पृथ्वीमा मानिस हरेक वर्ष करिब ०.३३ मिलिसिवर्ट कस्मिक रेडिएसनको सम्पर्कमा आउने गर्छ । मंगल ग्रहमा वार्षिक एक्सपोजर २५० मिलिसिवर्टभन्दा बढी हुने गर्छ ।

एस्ट्रोबायोलोजीमा प्रकाशित शोध अनुसार पेवलोव र उनको टिमले मंगल ग्रहको सतहमा अमिनो एसिडको प्रमाण भेटिनुको सम्भावनालाई उत्कृष्ट तरिकाले बुझन् चाहन्थे त्यसैले उनीहरुले एक प्रयोग गरे ।

उनीहरुले सिलिका, हाइट्रेडेड सिलिका, वा सिलिका र पक्र्लेरेट्स (साल्ट) लाई मिलाएर मंगल ग्रहजस्तो माटो बनाइन् र त्यसमा मिनरल्सका साथै एमिनो एसिड मिसाए । त्यसपछि त्यसलाई टेस्ट ट्युबमा सील गरिदिए । भिन्न–भिन्न टेस्ट ट्युबले मंगलको भिन्न–भिन्न तापक्रममा, ग्रहको वातावरणलाई दर्साउने गर्छ । त्यसपछि उक्त समूहले त्यसमा रेडिएसन छोडे । यो प्रयोगले माटोको सिमुलेन्टबाहेक अमिनो एसिडलाई नष्ट गरिदियो ।

यसमाफर्त् के पत्ता लाग्यो भने सिलिकेट्स, विशेषगरी परक्लोरेट्सयुक्त सिलिकेट्सले अमिनो एसिडलाई नष्ट गर्ने दरलाई असाध्यै धेरै बढाउने गर्छ । यसको अर्थ के हो भने मंगल ग्रहको सतहमा कुनै प्रकारको अमिनो एसिड जुन करिब १० करोड वर्ष पुरानो होला, ती सबै नष्ट भइसकेका छन् ।

त्यसैले मंगल ग्रहमा अमिनो एसिडलाई खोज्नु छ भने सतहभन्दा केही गहिराइमा खन्नुपर्ने हुन्छ । अर्थात्, ६.६ फिट गहिरो । स्मरण रहोस्, मार्सको रोवरले करिब २ इन्चसम्म मात्रै ड्रिल गर्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप