दक्षिण कोरियामा एकै दिन ९ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि
बिहीबार, १६ असार २०७९, १२ : ५७

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ९ हजार ५९५ नयाँ कोभिड १९ का सङ्क्रमित फेला पारेका छन् । यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १ करोेड ८३ लाख ५९ हजार ३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिन १० हजार ४६३ बाट घटेको बताइएको छ । तर कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार यो एक हप्ता अघिको ७ हजार ४९३ भन्दा बढी थियो ।
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा पाँचले कम भएर ५४ पुगेको छ ।
थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ जसबाट मृत्यु हुनेको सङ्ख्या २४ हजार ५४७ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना
-
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
-
संसद्मा पेस हुने चलचित्र विधेयकमा के छ ?
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान