बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ घन्टामा ५० अंकले बढ्यो नेप्से, २ हजार अंकको बिन्दु पार

बिहीबार, १६ असार २०७९, १२ : ४१
बिहीबार, १६ असार २०७९

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा डेढ घन्टाको अवधिमा ५० अंकको वृद्धि आएको छ । नेप्सेमा कारोबार सुरू भएदेखि साढे १२ बजेसम्मको अवधिमा उक्त सुधार आएको हो । यससँगै परिसूचक बढेर २ हजार १२ अंकमा पुगेको छ ।

यसक्रममा यो समाचार तयार पर्दासम्ममा ८० करोड ८७ लाख रुपैयाँ बराबरको २३ हजार २३ लाख ३ हजार कित्ता सेयर किनबेच भएको छ । यसअवधिसम्म नेप्सेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यसबाहेक, अधिँखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यसैगरी, अहिलेसम्ममा नेप्सेमा कारोबारमा आएका सबै समूहमा वृद्धि देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप