दुई तिहाईको नेकपाको सरकार माछो-माछो भ्यागुतो भयो : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसदलाई जनताका आवाज घन्काउने थलोको रूपमा रहने व्यवस्था गरिरहनुपर्ने बताएका छन् ।
६४ औं संसद दिवसका अवसरमा पुर्व सांसद मञ्च नेपालले बिहीबार नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै दलका नेताहरूलाई झ्वाँक चलेको आधारमा संसद विघटन हुने गरेको बताए । उनले जनताको आवाज उठाउनु पर्ने थलोको रूपमा रहेको संसद राजनीति दलले नै अवरुद्ध गरेर जनताका आवाज कमजोर बनाउने गरेको बताए । उनले संसदप्रति राजनीतिक दल तथा नेता सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
उनले संसारका धेरै संसद भन्दा नेपालको संसद प्रगतिशील हुँदै गएको बताए । नेपालको संसदमा ३३ प्रतिशत महिला सहभागिता रहेकोले अन्य देशको संसद भन्दा नेपालको संसद परिपक्व बन्दै गरेको बताए ।
नेता खनालले दुई तिहाईको नेकपाको सरकार बनेपछि भूमिसुधार नीति लागू होला, कृषि क्रान्ति होला, उद्योगहरू स्थापना होला भन्दा माछो माछो भ्यागुतो भएको बताए ।
उनले सुखी नेपाली समृद्ध नेपाल भनेको के हो, वैज्ञानिक समाजवाद भनेको के हो ? त्यसबारेमा कुरा गर्नेहरूलाई बोलाएर बहस गराउन पुर्व सांसद मञ्चलाई बहस गराउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?